Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • १० जिल्लाका सीडीओहरुको सरुवा, को कहाँ पुगे ? (नामावली)

    १० जिल्लाका सीडीओहरुको सरुवा, को कहाँ पुगे ? (नामावली)

    अनलाइन नेपाल
  • आइतबार, १७ असोज २०७८
  • 2.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । गृह मन्त्रालयले १० जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ ।

    गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङका अनुसार गृहमन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयले शुक्रबार नै १० जिल्लाका सीडीओको सरुवा गरेको हो।



    मन्त्रालयले यस अघि  नेपाल–चीन सीमा विवादबारे अध्ययन समितिका संयोजक रहेका सहसचिव जयनारायण आचार्यलाई जिल्ला प्रशासन कार्यालय कास्कीमा सरुवा गरेको छ। यस्तै, भोजपुरको सीडीओमा मन्त्रालयका सहसचिव कमलराज ढकाललाई पठाइएको मन्त्रालयले जनाएको छ।



    यसैगरी लमजुङमा सुशील वैद्य, डोटीमा शंकरबहादुर विष्ट, मुगुमा रोमबहादुर महत, मनाङमा रविन्द्र आचार्य, डडेलधुरामा मोहनराज जोशी र म्याग्दीमा चिरञ्जिवी राना, रसुवामा नमराज जैसी र तेह्रथुममा अनोज घिमिरेलाई सरुवा गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार