Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • यी हुन् हिन्दू देवता कृष्णको चित्र बनाउने मुस्लिम युवती

    यी हुन् हिन्दू देवता कृष्णको चित्र बनाउने मुस्लिम युवती

    अनलाइन नेपाल
  • आइतबार, १७ असोज २०७८
  • 2.1K
    SHARES

    एजेन्सी । जासना सलीमसँग उनको मनपर्ने विषयमा कुरा गरियो भने उनी एक बच्चाजस्तै खुसी हुन्छिन्। उनको मनपर्ने विषय बालकृष्ण हो जसका हात मक्खनको भाँडोमा हुन्छ भने उनको अनुहारमा पनि मक्खन लतपतिएको हुन्छ।

    अट्ठाइस वर्षीया जासना पछिल्लो छ वर्षदेखि लगातार यस्तो चित्र बनाइरहेकी छिन् र अब उनी आफैँले उक्त चित्र श्रीकृष्णको मन्दिरमा प्रस्तुत गरेकी छिन्। बालकृष्णलाई चित्रकला प्रस्तुत गर्ने सपना पूरा गर्न पाउँदा जासना आफूलाई धेरै खुसी लागेको बताउँछिन्।



    दुई दिन पहिले जसनाले केरला राज्यको ८० वर्ष पुरानो उलानाडु श्रीकृष्ण स्वामी मन्दिरमा बालकृष्णको चित्र चढाएकी थिइन्। यो मन्दिर पत्तनमतिट्टा जिल्लाको पन्दलम शहरमा छ जहाँ बालकृष्णको पूजा हुन्छ।



    मन्दिर समितिले जासनाले बताएको चित्र गुरुवायूरको प्रसिद्ध कृष्ण मन्दिरमा चढाइएको थाहा पाएको थियो। त्यसपछि समितिले आफ्नो मन्दिरका लागि पनि चित्र बनाइदिन आग्रह गरेको थियो।

    जासनाले चित्रकलामा कुनै व्यावसायिक प्रशिक्षण लिएकी छैनन्। उनका श्रीमान्‌ले उनलाई भगवान्‌ कृष्णको बारेमा बताए र उनको कथा सुनाउन थाले। बीबीसी: नेपाली

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार