Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

तीन बुँदे सहमति तत्काल कार्यान्वयन गर्न विप्लवको माग

काठमाडौं । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले सरकारसँग भएको तीन बुँदे सहमति छिट्टै कार्यान्वयन गर्न माग गरेको छ ।

सोमबार महासचिव बिप्लवले सहमति भएको लामो समयसम्म पनि सहमति पूर्णरुपमा कार्यान्वयन हुन नसकेको भन्दै सरकारको पुन: ध्यानाकर्षण गराएका हुन् ।

आफ्नो पार्टी सहमती कार्यान्वयनका लागि प्रतिबद्ध रहेको भन्दै विप्लवले विज्ञप्तिमार्फत भनेका छन्, ‘विषयको गम्भीरता र संवेदनशीलतालाई दृष्टिगत गरी बन्दी रिहा र मुद्दा खारेज गर्नका निम्ति एक विशेष कार्यदल बनाएर कार्य सम्पादन गरी विषयको छिटोभन्दा छिटो निरुपणको अपेक्षा गर्दछौं ।’

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गत फागुनमा विप्लवसँग गरेको तीन बुँदे सहमतिमा प्रतिबन्ध फुकुवा गर्ने, बन्दी रिहा गर्ने, मुद्दा फिर्ता लिने र शान्तिपूर्णरुपमा राजनीतिक क्रियाकलाप सञ्चालन गर्ने उल्लेख गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077