Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

'लिभिङ टुगेदर' पनि अस्थायी विवाह हो, दर्ता गरिनुपर्छ: मातृका यादव

काठमाडौं । सांसदहरुले अबदेखि १८ वर्षमा नै विवाह गर्न पाउने कानुनी व्यवस्था गर्नुपर्ने माग गरेका छन् । हाल नेपालको कानुनमा २० वर्ष पुगेपछि मात्र विवाह गर्न पाइने व्यवस्था छ ।

सोमबार प्रतिनिधिसभाको कानुन, न्याय तथा माधव अधिकार समितिको वैठकमा सांसदहरुले कानुनले १८ वर्षमा वालिग हुने व्यवस्था गरिसकेपछि विवाह गर्नका लागि उमेर हद तोकिरहनु नपर्ने धारणा राखेका हुन् ।

बलात्कारसँग सम्बन्धित कानुनका विषयमा नेकपा एमाले सांसद तथा समितिका सभापति पोखरेलले भने, ‘अब बिबाहको उमेर १८ मा झार्नुपर्छ।'

यसैगरी नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले लिभिङ टुगेदर विवाह पनि दर्ता गर्नुपर्ने धारणा राखेका छन । बैठकमा उनले भने ‘त्यो पनि अस्थायी विवाह हो नि । पछि परिवार मानेन भन्ने वहानामा तोडिन पुग्छ । यस्ता गतिविधि रोक्न लिभिङ टुगेदरको पनि दर्ता गर्नपर्ने हुन्छ’ यादवले भने ।

बैठकमा सांसदहरु पोखरेल र यादवसहित नेपाली कांग्रेसका मीन विश्वकर्मा, लोकतान्त्रिक समाजवादी पार्टीका लक्ष्मणलाल कर्णलगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077