Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

‘कुख्यात अपराधी’ चार्ल्स शोभराजको कैद छुटको मुद्दामा कैफियत प्रतिवेदन माग्ने सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले अन्तर्राष्ट्रिय रूपमा कुख्यात अपराधी चार्ल्स शोभराजको बन्दी प्रत्यक्षीकरण मुद्दामा कैफियत प्रतिवेदन माग्ने आदेश गरेको छ।

सोमबार न्यायाधीश मीरा खड्काको एकल इजलासले यस्तो आदेश गरेको हो।

शोभराजले ज्येष्ठ नागरिकले पाउनुपर्ने ७५ प्रतिशत कैद छुटको सुविधा पाउनुपर्ने मागसहित सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेका थिए।

यसअघि गत बर्षको चैत २० गते केन्द्रीय कारागार सुन्धारामा कैद चार्ल्स शोभराजको अन्तर्वार्ता विदेशी सञ्चारमाध्यममा प्रकाशित भएपछि त्यसबारे अनुसन्धान समेत भएको थियो।

चार दशकअघि नेपालमा अमेरिकी र क्यानडाली महिलाको हत्या गरेको अभियोगमा झन्डै १७ वर्षदेखि शोभराज केन्द्रीय कारागारको गोलघरमा रहेका छन् ।

[insert page='60367' display='yopanipadhnuhos.php']

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077