Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

७६ जना युवतीसँग विवाह, २०० जना युवती बेच्ने युवक पक्राउ

एजेन्सी । मध्यप्रदेशको इन्दौर प्रहरीको हिरासतमा रहेका बंगलादेशी युवतीहरुको तस्कर मुनीर उर्फ मनीरुलले सोधपुछका क्रममा ठूलो खुलासा गरेका छन्। आरोपीले बंगलादेशबाट २०० जनाभन्दा बढी युवतीहरुलाई यौनधन्दा गर्न बाध्य बनाएको बताइएको छ।

उनले हरेक मशिना ५५ जनाभन्दा बढी युवती ल्याउने गरेको खुलासा भएको हो। ५ वर्षदेखि यस्तै धन्दा गर्दै आएका मुनीरले ७६ जना युवतीसँग विवाह गरेको प्रहरी अनुसन्धानमा देखिएको छ।

उनले युवतीहरुलाई बंगलादेश र भारतको पोरस बोर्डरमा नालको बाटोमार्फत ल्याउने र त्यहाँ नजिकैको गाउँमा एजेन्टमार्फत मुर्शिदाबाद र आसपासका ग्रामीण इलाकामा लगेर भारत छिराउने गर्थे।

इन्दौर प्रहरीले ११ महिनाअघि नै लसूडिया र विजयनगर इलाकामा अपरेसन चलाउँदै २१ बंगाली युवतीको उद्धार गरेको थियो। उसले अधिकांश युवतीलाई विवाह गरेर भारत ल्याउने र बेच्ने गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077