Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

‘रिफ्रेस' हुन माइक्रो चढेर चन्द्रागिरि पुगिकी राष्ट्रपति भण्डारीले खानामा खाइन् सिस्नोको झोल र लोकल कुखुराको सुप

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी ‘रिफ्रेस’ हुन भन्दै चन्द्रागिरि हिल्स रिसोर्ट पुगेकी छिन् ।

शितल निवास स्रोतका अनुसार सोमबार दिउँसो छोरीहरुसहित राष्ट्रपति भण्डारी माइक्रोबस चढेर चन्द्रागिरि गएकी हुन्।

कारगेड सुरक्षासहित यात्रा गर्दा ट्राफिक जाम हुने र अन्य यात्रुहरुले सास्ती पाउने भन्दै उनलाई माइक्रो बस चढाएर चन्द्रागिरि पुर्याइएको स्राेतले जानकारी दियाे ।

सोमबार बेलुका उतै बसेकी उनी मंगलबार भालेश्वर मन्दिरमा पूजा गरेर र लञ्च खाएर शितल निवास फर्किने कार्यक्रम रहेको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार सोमबार राति राष्ट्रपति भण्डारीले सिस्नोको झोल, लोकल कुखुराको सुप र पोखरेली चामलको भात खाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077