Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • डिल्लीबजार जेलमा रहेका गुन्डा नाइके गिरीलाई मोरङ ल्याउन लागेको भन्दै आफन्तले नै गरे विरोध प्रदर्शन

    डिल्लीबजार जेलमा रहेका गुन्डा नाइके गिरीलाई मोरङ ल्याउन लागेको भन्दै आफन्तले नै गरे विरोध प्रदर्शन

    अनलाइन नेपाल
  • मंगलबार, १९ असोज २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    मोरङ । काठमाडौंको डिल्लीबजार कारागारमा अदालतको सजाय काटिरहेका कैदी अभिषेक गिरीलाई विराटनगर ल्याउन लागिएको भन्दै त्यसको विरोधमा आफन्तहरुले प्रदर्शन गरेका छन् ।

    विराटनगर महानगरपालिका मधुमारा घर भएका गुन्डा नाइके अभिषेक गिरीलाई विराटनगर ल्याए असुरक्षा बढ्ने भन्दै कैदीबन्दीका आफन्तले मंगलबार दिउँसो मोरङ जिल्ला कारागार अगाडि प्रदर्शन गरेका हुन्।



    व्यक्ति अपहरण र फिरौती असुली आरोपमा काठमाडौंको बानेश्वरबाट पक्राउ परेका गिरीलाई काठमाडौं अदालतले आठ वर्ष कैद सजाय तोकेको थियो । नेपाली कांग्रेस समर्थक मानिने गिरी विराटनगरमा गुन्डागर्दीका लागि चर्चित थिए । अदालतको फैसलापछि डिल्लीबजार कारागारमा रहेका कैदी गिरीले कांग्रेस नेतृत्वको सरकार आएसँगै पहुँच प्रयोग गरेर बिराटनगर जान लागेका हुन्।



    यसअघि १७ साउन ०६५ मा तत्कालीन जिल्ला विकास समिति मोरङको टेन्डर काण्डमा विराटनगर महानगरपालिका– १२ जतुवाका युवा करण यादवको हत्या अभियोगमा पनि गिरी २१ साउन ०६६ देखि पुर्पक्षका लागि जेल गएका थिए ।

    गिरीलाई क्षेत्रीय कारागार सुनसरीको झुम्काबाट पेसीका लागि मोरङ जिल्ला अदालत ल्याउँदा १८ जेठ ०६८ मा अदालत परिसरभित्रै पर्शुराम बस्नेत समूहले सांघातिक हमला  गरेको थियो। हमला पछि उनी उनी गम्भीर घाइते भएका थिए । आक्रमणपछि सुरक्षाका लागि भन्दै गिरीलाई मोरङ कारागारमा सरुवा गरिएको थियो। त्यतिबेला यादव हत्या आरोपमा जेल परेका गिरी एक वर्षपछि मोरङ अदालतबाट उक्त हत्या आरोपमा सफाइ पाएका थिए।

    जेलबाट छाडिएपछि उनी सानमानका साथ कांग्रेसमा प्रवेश गरेका थिए । त्यसपछि केही महिना शान्त बसेका उनी काठमाडौंबाट व्यक्ति अपहरण र फिरौती आरोपमा पक्राउ परेका थिए।

    गिरीलाई सम्पत्ति शुद्धीकरण विभागले पनि गुन्डागर्दी गरेर अकुत कालो धन जम्मा गरेको आरोपमा मुद्दा चलाएको थियो । विशेष अदालतको फैसलाविरुद्ध सरकारी पक्षले दर्ता गरेको पुनरावेदनलाई सर्वोच्चले अनुमति दिएसँगै आरोपमा मुद्धा चलेको थियो।

    तर, तत्कालिन न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलाशले गिरीको मुद्दालाई पुनरावलोकन गर्ने अनुमतिसँगै प्रत्यक्षी झिकाउने आदेश दिएको थियो।गिरीलाई विशेष अदालतले २०७५ असार ५ गते सम्पत्ति शुद्धिकरणको मुद्दामा सफाइ दिएको थियो।

    विशेष अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी तथा न्यायाधीश चन्ढीराज ढकाल र नारायणप्रसाद पोखरेलको इजलासले बस्नेतलाई सफाइ दिएको थियो ।

    यस्तै,सम्पत्ति शुद्धिकरण विभागले २०७० जेठ ५ गते गिरीसहित गुन्डा नाइकेहरु गणेश लामा, पर्शुराम बस्नेत, दीपक मनाङे र चक्रे मिलन (मिलन गुरुङ) विरुद्ध मुद्दा दायर गरेको थियो।

    विभागले गिरीसँग २.९४ करोड रुपैयाँ अवैध सम्पति रहेको दाबी गरेको थियो । विशेषबाट दीपक मनाङे, चक्रे मिलन र पर्शुराम बस्नेतले पनि सम्पति शुद्धिकरणको मुद्दामा सफाइ पाएका थिए। विशेषले गणेश लामालाई मात्र दोषी ठहर गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार