Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मोरङ कारागारमा कोरोना पुष्टि, एक जनाको मृत्यु

    मोरङ कारागारमा कोरोना पुष्टि, एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ असार २०७९
  • 2.2K
    SHARES

    मोरङ । जिल्ला कारागार मोरङमा कोरोना भाइरसको संक्रमण फैलिएको पुष्टि भएको छ। अत्यधिक ज्वरो आएर उपचारका लागि भर्ना गरिएका कैदी बन्दीहरुको एन्टिजेन परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको हो।

    कारागार प्रशासनले अत्याधिक ज्वरो आएपछि बिहीबार १९ जना कैदीबन्दीलाई कोसी अस्पताल भर्ना गरेको थियो । भर्ना गरेका मध्ये एक जनाको बिहीबार नै मृत्यु भएको छ ।



    १८ जना उपचाररत छन् । अस्पताल पुर्‍याइएका मध्ये १६ जनालाई एन्टिजेन पोजेटिभ देखिएको छ । दुई जनाको रिपोर्ट नेगेटिभ आएपनि कोरोनासँग मिल्दो जुल्दो लक्षण रेहको अस्पतालले जनाएको छ ।



    बिहीबार अत्यधिक ज्वरो आएपछि कोसी अस्पतालमा गरिएकामध्ये सुन्दरहरैँचा नगरपालिका–४ का ३९ वर्षीय कैदी नीरबहादुर नेपालको मृत्यु भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार