Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • अमेरिकामा फेरि कोरोना संक्रमण बढ्यो

    अमेरिकामा फेरि कोरोना संक्रमण बढ्यो

    अनलाइन नेपाल
  • मंगलबार, १६ साउन २०८०
  • 642
    SHARES

    एजेन्सी । अमेरिकामा फेरि कोरोना सङ्क्रमण बढेको छ । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार कोरोना सङ्क्रमित बिरामी अस्पताल भर्ना हुनेको क्रम बढ्दै गएको हो ।

    तथ्याङ्क अनुसार अस्पताल भर्ना हुनेको सङ्ख्या १० प्रतिशतले बढेको छ । जुन सन् २०२२ को डिसेम्बरयताकै तीव्र वृद्धि हो ।



    जुलाई दोस्रो हप्तामा ७ हजार १ सयभन्दा धेरै कोभिडका बिरामी अस्पतालमा भर्ना भएको तथ्याङ्क छ ।



    सीडीसीका प्रवक्ता क्याथलीन कोन्लीले गएको हप्ता पनि अस्पतालमा भर्ना हुने सङ्ख्या बढेको र सङ्क्रमण बढेपछि यसले फेरि चिन्ता थपिएको बताए । तर सङ्क्रमणबाट हुने मृत्युदर भने न्यून रहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार