Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • पर्सामा कोरोना सङ्क्रमित भेटिएपछि निगरानी बढाइयो

    पर्सामा कोरोना सङ्क्रमित भेटिएपछि निगरानी बढाइयो

    अनलाइन नेपाल
  • सोमबार, १ माघ २०८०
  • 720
    SHARES

    पर्सा । कोरोनाका नयाँ सङ्क्रमित भेटिएपछि पर्साको वीरगन्जस्थित नाकामा स्वास्थ्य सतर्कता बढाइएको छ ।

    भारतको विभिन्न स्थानमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जानाका साथै केही दिनअघि वीरगन्जस्थित सिमानाकामा नयाँ सङ्क्रमित भेटिएपछि स्वास्थ्य सतर्कता बढाइएको हो ।



    सीमानाकामा स्वास्थ्य सहायताकक्ष स्थापना गरी भारतबाट आउनेहरुको निरीक्षण र निगरानी गन थालिएको छ ।



    भारतबाट रेल, बस र निजी सवारी साधनमा आउने यात्रुलाई स्वास्थ्य सहायताकक्षमा एन्टिजेन विधिबाट कोरोना परीक्षण गरी भित्रिन दिने गरिएको वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।

    महानगरले सञ्चालन गरेको हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीले भारतबाट यात्रा गरेर आउनेलाई सुरुमा स्क्रिनिङ गरी ज्वरो वा खोकीको लक्षण देखिएकाको एन्टिजेन परीक्षण गर्ने गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार