Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • पछिल्लो २४ घण्टामा थप ११३ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा थप ११३ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • सोमबार, ११ बैशाख २०८०
  • 681
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ११३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

    देशभरबाट १८१० नमुना परीक्षण गर्दा ११३ जनामा संक्रमण पुष्टि भएको हो ।



    पीसीआर विधिबाट ७६६ र एन्टिजेनबाट १०४४ नमुना परीक्षण गर्दा पीसीआरबाट ६४ र एन्टिजेनबाट ४९ को रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।



    यो अवधिमा ७२ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ३६२ पुगेको छ।

    मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार