Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अख्तियारले प्रदेश सरकारलाई बदनाम गरायो: मुख्यमन्त्री राउत

    अख्तियारले प्रदेश सरकारलाई बदनाम गरायो: मुख्यमन्त्री राउत

    अनलाइन नेपाल
  • बुधबार, २० असोज २०७८
  • 3.9K
    SHARES

    रामनारायण यादव/  जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ सरकारलाई बदनाम गर्ने कार्य भएको बताएका छन् ।

    बुधबार प्रदेश सभा बैठकमा उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही दिनअघि मुख्यमन्त्री कार्यालयमा छापा मार्नु सरकारलाई बदनाम गर्ने प्रयास भएको बताएका हुन् ।



    केही कमजोरी भए बोलाएर सोध्न सक्ने भन्दै मुख्यमन्त्री राउतले एक्कासी छापा मार्नु हस्तक्षेप भएको उनले बताए । ‘यदि त्यसमा कुनै त्रुटि छ भने, फाइल कमजोर छ भने बोलाएर सोध्न सक्नुहुन्छ’ उनले भने, ‘तर यो अट्याक हो । प्रदेश सरकारलाई बदनाम गर्ने प्रयास गरिएको छ ।’



    मुख्यमन्त्री तथा  मन्त्रिपरिषदको कार्यालयले ‘बेटी बचाऊ बेटी पढाउ’ कार्यक्रम अन्तर्गत गत वर्ष प्रदेश २ को ८ वटै जिल्लामा कक्षामा अध्यनरत छात्रालाई साइकल वितरण गरेको थियो । सो कार्यक्रम पारदर्शी नभएको भन्दै विभिन्न संचारमाध्यममा समाचार प्रकाशन भएपछि अख्तियारले गत हप्ता छापा मारेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार