Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दुई तिहाई बहुमतले पारित गर्यो प्रदेश दुईको राजधानी जनकपुर

जनकपुरधाम । प्रदेश नम्बर दुईको स्थायी राजधानी जनकपुर कायम भएको छ । सोमबार भएको मतदानमा जनकपुरका पक्षमा दुई तिहाइ मत खसेको हो ।

यसअघि प्रदेशको राजधानी तथा नामाकरणसम्बन्धी अध्ययन विशेष समितिले स्थायी राजधानीका लागि शुरुमा ७ वटा प्रस्ताव ल्याएको थियो । पछि त्यसलाई परिमार्जन गरी तीनवटा बनाएको थियो ।

जसमध्ये जनकपुरमा दुई तिहाइ बहुमत मत प्रकट भएको स्रोतको भनाइ छ । प्रस्ताव अनुसार अब प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुरको केन्द्र भई उत्तरमा ढलकेवर पूर्वपश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, पश्चिममा मिथिला माध्यमिक परिक्रमा सडक र दक्षिण नेपालको सीमाना कायम हुनेछ ।

प्रदेश सभामा १०४ जना सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077