Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • दुई तिहाई बहुमतले पारित गर्यो प्रदेश दुईको राजधानी जनकपुर

    दुई तिहाई बहुमतले पारित गर्यो प्रदेश दुईको राजधानी जनकपुर

    अनलाइन नेपाल
  • सोमबार, ३ माघ २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    जनकपुरधाम । प्रदेश नम्बर दुईको स्थायी राजधानी जनकपुर कायम भएको छ । सोमबार भएको मतदानमा जनकपुरका पक्षमा दुई तिहाइ मत खसेको हो ।

    यसअघि प्रदेशको राजधानी तथा नामाकरणसम्बन्धी अध्ययन विशेष समितिले स्थायी राजधानीका लागि शुरुमा ७ वटा प्रस्ताव ल्याएको थियो । पछि त्यसलाई परिमार्जन गरी तीनवटा बनाएको थियो ।



    जसमध्ये जनकपुरमा दुई तिहाइ बहुमत मत प्रकट भएको स्रोतको भनाइ छ । प्रस्ताव अनुसार अब प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुरको केन्द्र भई उत्तरमा ढलकेवर पूर्वपश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, पश्चिममा मिथिला माध्यमिक परिक्रमा सडक र दक्षिण नेपालको सीमाना कायम हुनेछ ।



    प्रदेश सभामा १०४ जना सांसद छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    One response to “दुई तिहाई बहुमतले पारित गर्यो प्रदेश दुईको राजधानी जनकपुर”

    1. […] आजै भएको मतदानमा प्रदेशको राजधानी जनकपुर तोकिएको […]

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार