Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

२८ वटा मानव खप्पर र १० वटा हातखुट्टाका हड्डी भ्यानमा छाडेर भागेका २ जना पक्राउ

मोरङ — बुधबार बिहान भ्यानमा राखिएको अवस्थामा २८ वटा मानव खप्पर र १० वटा हातखुट्टाको हड्डी बरामद भएको छ।

सशस्त्र प्रहरीले विराटनगर–१५ रानीस्थित २ नम्बर ढाटनजिकबाट सो संख्यामा खप्पर र हड्डी बरामद गरेको हो।

प्रहरी टोलीले मंगलबार रानीस्थित ढाटनजिक को२च ९६४८ नम्बरको भ्यान बेवारिस अवस्थामा देखेको र शंका लागेर जाँच मानव खप्पर र हड्डी फेला परेको हो।

प्रहरीका अनुसार उक्त हड्डी मानव खप्पर र हातखुट्टाको हड्डी भएको पुष्टि भएको छ। घटनामा सृंलग्न भएको आरोपमा २ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भ्यानका चालक विनोद देव र युवराज कार्की रहेका छन्।

पक्राउ परेकाहरुले सो कंकाल भारतबाट ल्याएको प्रहरीलाई बताएका छन्। सशस्त्र प्रहरी नम्बर–१ बराह बाहिनीका डीआईजी कमल गिरीले सशस्त्रले कंकाल बरामद गरेर बुझाएको र थप अनुसन्धान नेपाल प्रहरीले गरिरहेको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077