Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

चीनले आफ्नो देशमाथि कब्जा जमाउन खोजे विध्वंश हुने ताइवानकी राष्ट्रपतिको चेतावनी

एजेन्सी – ताइवानकी राष्ट्रपति साई इंग वेनले चीनको बढ्दो आक्रामकताप्रति आफ्नो लोकतन्त्रको बचाउ गर्दै चीनले ताइवानलाई आफ्नो नियन्त्रणमा लिएको खण्डमा यसले विनाशकारी नतिजा ल्याउने बताएकी छिन्।

साई इंग वेनले विदेशी मामिलामा एक लेख लेखेकी छिन्। त्यसैमा उनले यस्तो चेतावनी उल्लेख गरेकी छिन्। हालै चीनले ३८ लडाकु विमान ताइवानको हवाई क्षेत्रमा पठाएको थियो। मंगलबार ताइवानका प्रधानमन्त्री सु सेंग–चांगले चीनको आक्रामकताले क्षेत्रीय शान्तिलाई खतरामा पारेको र अब ताइवान सतर्क रहनुपर्ने बताएका छन्।

चीनको पीपुल्स लिबरेशन आर्मी (पीएलए)ले अक्टुबरको पहिलो चार दिनमा ताइवानको हवाई क्षेत्रमा करीब १५० विमान पठाएको छ। यो चिनियाँ मिडिया यसलाई शक्ति प्रदर्शनकोरुपमा प्रचार गरिएको छ। तर विश्वका धेरै देशका सरकारले यसलाई चीनले ताइवानलाई तर्साउन खोजेको र आक्रामकता देखाएको टिप्पणी गरेका छन्।

विदेश मामिला लेखका साई इंग–वेनले लेखेकी छिन्, ‘हामी शान्ति चाहन्छौं तर हाम्रो लोकतन्त्र र जीवनशैली खतरामा छ भने ताइवान आत्मरक्षाका लागी आवश्यक सबै कदम उठाउन तयार छ।’

ताइवानले विश्वभरिका देशहरुलाई चीनको व्यापक खतरा बुझ्न आग्रह गरेको छ। ताइवानका राष्ट्रपति साई इंग वेनले भनिन्, ‘विश्वले बुझ्न जरुरी छ यदि ताइवान चीनको हातमा गयो भने यो क्षेत्रीय शान्तिका लागी विनाशकारी हुनेछ। यो लोकतान्त्रिक साझेदारीका लागी विध्वंसकारी साबित हुनेछ।’

यसैबीच, ताइवानका रक्षामन्त्री चिउ कुओ–चेंगले चीन र ताइवानबीचको सैन्य सम्बन्ध पछिल्लो ४० वर्षको सबैभन्दा खराब चरणबाट गुज्रिरहेको बताउएका छन्। ताइवानका रक्षामन्त्रीले चीनले २०२५ सम्म ताइवानमाथि आक्रमण गर्न सक्ने बताएका छन्।

चिउ कुओ चेंगले भने, ‘चीनसँग क्षमता छ तर युद्ध त्यति सजिलो हुने छैन। अन्य धेरै कुराहरुलाई पनि विचार गर्नु पर्छ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077