Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

१८ महिनापछि खुल्यो सप्तरीको नेपाल–भारत सीमा नाका

रामनारायण यादव / सप्तरी  । कोरोना संक्रमण रोकथामका लागि डेढ वर्षदेखि बन्द गरिएको सप्तरीको नेपाल–भाारत सीमा नाका बिहीबारदेखि खुलेको छ ।

सप्तरीको राजविराज र भारतीय कुनौलि बजारमा बिहीबारदेखि निजी सवारी साधन सञ्चालन भएको राजविराज भन्सार कार्यालयका सूचना अधिकारी दिप बहादुर कटुवालले जानकारी दिए ।

नेपाली पक्षले एक साता अघिनै खुला गरे पनि भारतीय पक्षले सवारी आगमनमा रोक लगाएको थियो । ‘हामीले केही दिन अघिदेखि नै नाका खोलेका थियौ, भारतीय पक्षले भने बिहीबारबाट नाका खोलेपछि दुवै देशका नागरिकहरु कोभिड सुरक्षा सतर्कताको पालना गर्दै आवतजावत गर्न सक्छन्’ सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले भने । सवारी साधनको आवतजावत खुला भएपछि सीमा क्षेत्रमा बसोबास गर्ने नेपाल र भारत दुबै देशका नागरिकलाई सहज भएको छ ।

कोरोना संक्रमण रोकथामका लागि २०७६ चैत ११ देखि सीमा नाका बन्द गरिएको थियो । पछि नाकाबाट पैदलयात्रा खुला गरे पनि यातायात सञ्चालनमा भने प्रतिबन्ध लगाइएको थियो ।

नाका सञ्चालन भएपछि भारतीय सवारी साधनहरु नियमानुसारको भन्सार राजश्व तिरेर नेपाल प्रवेश गर्न पाउने भएका छन् । बिहीबार वी आर ५० क्यिु ५४५१ नम्वरको मोटरसाइकलाई भन्सार काटेर नेपाल प्रवेश गरेको राजविराज भन्सार कार्यालयका सूचना अधिकारी कटुवालले बताए । भारतीय सवारी साधनको प्रवेश शुरु भएसँगै यहाँका व्यापारीहरु खुशी भएको हो ।

चाडबाड सुरु भएसंगै सीमा नाकामा सहजरुपमा आवतजावत भएपछि किनमेलका लागि दुवै देशको सीमावर्ती बजारमा भिड बढ्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077