Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नागढुंगा र नयाँ बसपार्कका दुई इन्स्पेक्टरसहित ३३ प्रहरीको सरुवा

    नागढुंगा र नयाँ बसपार्कका दुई इन्स्पेक्टरसहित ३३ प्रहरीको सरुवा

    अनलाइन नेपाल
  • शुक्रबार, २२ असोज २०७८
  • 2.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । महानगरीय प्रहरी प्रभाग, नागढुंगाका प्रहरी निरीक्षकसहित ३३ जना प्रहरी अधिकारी जिम्मेवारीबाट हटाइएका छन् ।

    महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख एआईजी हरिबहादुर पालले इन्स्पेक्टर त्रिभुवनसिंह थापासहित ३३ प्रहरीलाई हटाइएको बताए । ‘उनको ठाउँमा निरु दुवालको नेतृत्वमा अर्को टोली खटिएको छ’ पालले भने, ‘त्यहाँ रहेका पहिलेका प्रहरीलाई साबिकको दरबन्दीमा पठाइएको छ ।’



    यस्तै, उनका अनुसार प्रहरी प्रभाग, नयाँ बसपार्कका निरीक्षक रमेश विष्ट पनि फेरिएका छन् । उनको ठाउँमा महानगरीय प्रहरी कार्यालयका सुमन न्यौपानेलाई पठाइएको छ ।



    दशैंको मुखमा राम्रोसँग जिम्मेवारी ननिभाएको पाइएपछि उनीहरुलाई तानिएको प्रहरी स्रोतको दाबी छ।जिम्मेवारीबाट हटाएर परिसर तानिएकाहरुमाथि थप अनुसन्धान भइरहेको परिसर स्रोतले जानकारी दियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार