Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अमेरिकी पनडुब्बी दक्षिण चीन सागरमा अज्ञात वस्तुसँग ठोक्किँयो, दर्जनभन्दा बढी घाइते

    अमेरिकी पनडुब्बी दक्षिण चीन सागरमा अज्ञात वस्तुसँग ठोक्किँयो, दर्जनभन्दा बढी घाइते

    अनलाइन नेपाल
  • शुक्रबार, २२ असोज २०७८
  • 1.7K
    SHARES

    एजेन्सी । परमाणु ऊर्जाले चल्ने अमेरिकी पनडुब्बी साउथ चाइना सी- दक्षिण चीन सागरमा ‘अज्ञात वस्तु’सँग ठोक्किँदा एक दर्जनभन्दा बढी अमेरिकी नौसैनिक सामान्य घाइते भएका छन्।

    यूएसएस कनेटिकट शनिवार एउटा वस्तुसँग ठोक्किँदा १५ नौसैनिकलाई सामान्य चोट पटक लागेको अमेरिकी अधिकारीहरूले जनाएका छन्। उनीहरूले के कारणले सो दुर्घटना भयो भन्ने स्पष्ट नभएको बताएका छन्।



    अमेरिकी नौसेनाका प्रवक्ताले सो पनडुब्बी अहिले गुआमस्थित अमेरिकी क्षेत्रतर्फ लागेको बताएका छन् । ‘यूएसएस कनेटिकटमा परमाणु क्षेत्रलाई असर परेको छैन र त्यो पूर्ण सञ्चालनको अवस्थामा छ,’ एक वक्तव्यमा ती नौसेना प्रवक्ताले भने।



    उनले पनडुब्बीमा कति क्षति भयो भन्नेबारे अझै आँकलन भइरहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार