Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ४ किलोभन्दा बढी गाँजासहित पोखरामा एक युवक पक्राउ

    ४ किलोभन्दा बढी गाँजासहित पोखरामा एक युवक पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २२ असोज २०७८
  • 1.6K
    SHARES

    कास्की । कास्की प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका २ बस्ने २० वर्षीय विजय गुरुङ रहेका छन्।

    गुरुङलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पोखरा महागनरपालिका वडा नं.०९ पृथ्वीचोकबाट नियन्त्रणमा लिएको हो। उनको साथबाट ४ किलो ११० ग्राम लागूऔषध गाँजा बरामद गरिएको छ।



    पक्राउ परेका गुरुङलाई लागूऔषधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट पक्राउ अनुमति लिई अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जानकारी दिएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार