Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानन्यायाधीशको बचाउ गर्दै प्रधानमन्त्री

काठमाडौं । केही दिनअघि मन्त्रिपरिषदमा प्रधानन्यायाशीध चोलेन्द्रशमशेर जबराले भाग खोजेको समाचारले नेपाली राजनीतिमा तरंग ल्यायो। न्यायलयको सर्वोच्च पदमा रहेका व्यक्तिले सरकारमा भाग खोज्नु सामान्य विषय नभएको भन्दै जबराको चर्को आलोचना भयो।

प्रधानन्यायाशीध जबराले दुईवटा मन्त्रालय मागेको समाचार बाहिर आएपछि उनी स्वयमले पनि त्यसको खण्डन गरे। सरकारले पनि उनलाई साथ दियो। शुक्रबार मन्त्रिपरिषद विस्तार हुँदा जबराका जेठान गजेन्द्र हमाल उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बने। त्यसपछि सरकारमा जबराले भाग खोजेको विषय झनै प्रष्ट भयो।

तर मन्त्रिपरिषद विस्तारपछिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले हमाललाई कांग्रेसको तर्फबाट मन्त्री बनाइएको जानकारी गराएका छन्। मन्त्रिपरिषद्ले पूर्णता पाएपछि शुक्रबार साँझ बसेको बैठकमा प्रधानमन्त्री देउवाले हमालको नियुक्तिबारे स्पष्टीकरण दिएका हुन्।

देउवाले यस मामिलामा प्रधानन्यायाधीश जबराको बचाउ गरेका हुन्। मन्त्रिपरिषदमा अदालतले भाग खोजेको समाचारहमा सत्यता नरहेको प्रधानमन्त्री देउवाले बताएका छन्।

बैठकपछि सरकारका प्रवक्ता समेत रहेका संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् गठनसम्बन्धी विषयमा संप्रेषित भइरहेका समाचारहरूमा सत्यता नरहेको स्पष्ट पारे। उद्योग वाणिज्यमन्त्री हमालले कांग्रेसको तर्फबाट जिम्मेवारी सम्हालेको उनको तर्क छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077