Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपाल प्रहरीको छविमा कालोधब्बा बन्यो निर्मला प्रकरण, आइजीपी क्षेत्रीले पनि बिर्सिए !

    नेपाल प्रहरीको छविमा कालोधब्बा बन्यो निर्मला प्रकरण, आइजीपी क्षेत्रीले पनि बिर्सिए !

    अनलाइन नेपाल
  • आइतबार, २४ असोज २०७८
  • 2K
    SHARES

    काठमाडौं । कञ्चनपुरस्थित भीमदत्त नगरपालिका–२, उल्टाखाम निवासी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको ३ बर्ष नाघिसकेको छ। ०७५ साउन १० गते बलात्कारपछि हत्या भएकी निर्मलाका  दोषी पत्ता लगाउन सरकारले सकेको छैन । पन्तको हत्यापछि नेपाल प्रहरीमा तीन आइजीपी फेरिइसकेका छन् ।

    सर्वेन्द्र खनाल, ठाकुरप्रसाद ज्ञवाली र शैलेश थापा क्षेत्री । शुरुमा सरकारले निजामती प्रशासनका अधिकारीको अध्यक्षतामा गठन गरेको छानबिन समितिका कारण यो प्रकरण किचलियो।  अझ अनुसन्धानमा खटिएका  सीआइबीका प्रहरी अधिकारी नै निलम्बनमा पर्दा प्रहरीले न्याय दिने बिषयमा थप शंका उब्जियो। सर्वेन्द्र खनाल र ठाकुर ज्ञवालीले अनुसन्धानको छेउटुप्पो पनि पत्ता लाउन नसकी बिदा भए ।



    ज्ञवालीपछि २३ असार, २०७७ मा आइजीपी नियुक्त भएका शैलेश थापा क्षेत्रीले पनि निर्मला पन्त प्रकरण टुंगोमा पुर्याउँछु भन्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । क्षेत्रीको कार्यकाल पनि २२ महिना भएकाले उनले पन्तको हत्याका दोषी पत्ता लगाउन पर्याप्त समय थियो । क्षेत्रीले  सुरुमा जुन उत्साहका साथ निर्मला पन्त हत्या प्रकरण टुंगोमा पुर्याउँछु भनेका थिए, अब उनको कार्यकाल सकिन करिब ७ महिनामात्र छ । क्षेत्रीलाई अहिले पद जोगाइने चिन्ता बाहेक अरु सोच्ने फुर्सद नै नभएको उनी निकट प्रहरी अधिकारीहरु नै दाबी गर्छन। क्षेत्री १९ बैशाख, २०७९ अवकाश हुनेछन् ।



    निर्मला पन्तका हत्यारा पत्ता लगाउन मिहीन अनुसन्धानमा जुटेका र करिब- करिब दोषी पत्ता लगाउने तहमा पुगिसकेका सूदूरपश्चिम प्रदेशका डिआईजी उत्तम सुवेदीलाई आइजीपी क्षत्रीले महानगरीय प्रहरी कार्यालयमा ट्वाइसीमा सरुवा गरे । यसले पनि निर्मला पन्तका हत्यारा पत्ता लगाउने बारेमा उनी विस्तारै संवेदनशील हुन छाडेको प्रस्ट भएको थियो । अहिले आईजीपी क्षत्री यति निरिह भएका छन् कि संगठनमा सिपाही र हवल्दारको समेत सरुवा गर्न सक्ने अवस्थामा छैनन्, निर्मलाका दोशी पत्ता लगाउने त परै जावस।

    डिआईजी सुवेदी निर्मला पन्तका हत्यारा पत्ता लगाउन अनुसन्धानमा तल्लीन थिए, उनी आफैं दोषी खोज्न अनुसन्धानमा जुटेका थिए। सुवेदीको एक महिना सरुवा नभएको भए उनले केही न केही नतिजा निकाल्ने एक उच्च प्रहरी अधिकारी वताउँछन्।

    सुवेदीले निर्मला पन्तको घटना नजिकबाट बुझिसकेका थिए ।  अनुसन्धानका लागि सीआइबीको टोली पनि पठाइएको थियो । डिआईजी  सुवेदीको टोलीसँग मिलेर अनुसन्धान सुरु भएको थियो । । सुवेदी आफैं पनि निरन्तर खटे । तर, निर्मला पन्त घटनाको अनुसन्धानमा तल्लीन सुवेदीलाई आइजीपी क्षत्रीले त्यसबारेमा भएको प्रगतिका बारेमा सोध्दा पनि नसोधी सरुवा गरेका थिए ।

    आइजीपी क्षत्रीले कम्तीमा डिआईजी सुवेदीलाई १ महिना सरुवा गर्नबाट रोकेको भए निर्मला पन्त हत्या प्रकरणमा केही न केही सफलता प्रहरीले हात पार्न सक्ने अवस्था थियो ।

    तर, तत्कालिन गृहमन्त्री र सचिवका अगाडि अडान नै राख्न नसक्ने क्षत्रीका कारण डीआइजीको सरुवा हुँदा निर्मला पन्त प्रकरण रहस्यकै गर्भमा रहन पुग्यो । अहिले कुनै पनि प्रहरी अधिकारी जोखिम मोल्न तयार छैनन। ३ बर्षसम्म पनि बालिका बलात्कार घटनाको छेउटुप्पो पत्ता लाउन नसक्नु नेपाल प्रहरीकै लागि पनि लज्जाको बिषय बनेको छ । अपराध अनुसन्धानमा विश्वमै ख्यातीप्राप्त नेपाल प्रहरीको छविमा निर्मला पन्त प्रकरण कालोधब्बा बनिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार