Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मोतीपुर घटना : मृत्यु हुनेको संख्या ४ पुग्यो, ३१ जना घाइते

    मोतीपुर घटना : मृत्यु हुनेको संख्या ४ पुग्यो, ३१ जना घाइते

    अनलाइन नेपाल
  • आइतबार, २४ असोज २०७८
  • 4.1K
    SHARES

    काठमाडौं । बुटवलमा निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा अतिक्रमणको विषयमा आइतबार भएको झडपमा ४ जनाको मृत्यु भएको छ भने घटनामा ३१ जना घाइते भएका छन् ।

    मृतकमध्ये १ जनाको पहिचान खुलेको छ । मृतक कपिलवस्तु वाणगंगाका ४८ वर्षको रमेश परियारको पहिचान खुलेको हो ।



    उपचारका लागि भैरहवा मेडिकल कलेज ल्याइएका ८ जना स्थानीयमध्ये ४ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालमा ५ जना प्रहरीको पनि उपचार भइरहेको छ ।



    अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरूङका अनुसार ३ जनाको अस्पताल ल्याउँदा नै मृत्यु भएको थियो भने १ को उपचारको क्रममा मृत्युभएको हो ।

    चारै जनाको सब भैरहवा मेडिकल कलेजमा रहेको अस्पताल प्रशाशनले जनाएको छ । तर, रुपन्देहीका सुरक्षा अधिकारीहरुले यसलाई आधिकारिक पुष्टि गरेका छैनन् ।

    सुकुम्बासीको नाममा केही समूहले औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोजेपछि उत्पन्न तनाव नियन्त्रणका लागि भन्दै स्थानीय प्रशासनले हाल त्यस क्षेत्रमा कर्फ्यू जारी गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार