Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

अवैध बाटो हुँदै अमेरिका छिर्न लागेका १२६ जना ग्वाटेमालामा समातिए

काठमाडौं । अबैध रुपमा मेक्सीको हुँदै अमेरिका प्रवेश गर्न खोजेका १२६ जना आप्रवासीलाई ग्वाटेमाला प्रहरीले उद्दार गरेको छ । सडकछेउको कन्टेनरबाट नेपालीसहित १२६ जना आप्रवासीहरुलाई प्रहरीले उद्दार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ ।

ग्वाटेमालाको नुएभा कन्सेप्सन र कोकालेस सहरको बीच क्षेत्रमा उनीहरु भेटिएका थिए । ट्रेलरभित्र उनीहरु चिच्याएको आवाज सुनेपछि प्रहरीले उद्दार गरेको समाचारमा उल्लेख छ ।

अधिकारीहरुका अनुसार उनीहरुलाई मेक्सिको हुँदै अमेरिका लैजाने भनेर एजेन्टहरुले बाटोमै छाडिदिएका थिए । उक्त समूहमा अधिकांश संकटग्रस्त मुलुक हैटीका नागरिक थिए । साथै नेपाल र घानाका नागरिक पनि अवैध बाटो हुँदै अमेरिका प्रयासमा रहेको बुझिएको छ ।

तर समूहमा कति नेपाली नागरिक कति छन् भन्ने यकिन छैन । प्रहरी अधिकारीले आफूहरुले कन्टेनरभित्र कराइरहेको सुनेको र ढोका खोल्दा १२६ जना कागजात नभएका मानिस भेटिएको प्रतिक्रिया दिएका छन् ।

अधिकारीहरुका अनुसार आप्रवासीहरुलाई सेल्टरमा राख्नुअघि उनीहरु सबैको प्राथमिक उपचार समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077