Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गण्डकीमा डोबाटे विक मन्त्री नियुक्त

कास्की । गण्डकी प्रदेश सरकारमा नेपाली कांग्रेसका सांसद डोबाटे विक मन्त्रीमा नियुक्त भएका छन्।

सोमबार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विकलाई मन्त्री नियुक्त गरेका हुन् । विश्वकर्मालाई बिना विभागीय मन्त्री नियुक्त गरिएको र सोमबार साँझ शपथ हुने जनाइएको छ।

डोबाटेको नियुक्तिसँगै गण्डकी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित १२ सदस्यीय मन्त्रपरिषद् भएको छ ।  ६० सदस्यीय प्रदेश सभामा १२ मन्त्रालय बनाउन सकिने संवैधानिक व्यवस्था छ ।

यसअघि डोबाटेलाई अन्तिम समयमा सूचीबाट हटाएर विन्दुकुमार थापालाई मन्त्री बनाइएको थियो । विकलाई अन्तिम समयमा हटाएर व्यवसायीक थापालाई मन्त्री बनाएको भन्दै कांग्रेसको आलोचना भएको थियो ।

विक वरिष्ठ नेता रामचन्द्र पाैडेल समूहका हुन् । गण्डकी प्रदेश सभामा देउवा समूहकाे बहुमत छ । यसअघि विककाे नाम पक्का भइसकेपछि देउवा समूहका विन्दुकुमार थापा, मेखलाल श्रेष्ठ र मणिभद्र शर्माकाे नाम टुंगाे लगाइएकाे थियाे । डाेबाटे सपथ लिन हिँडेर पनि बाटैबाट फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077