Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • कोभिड खोप नलगाएको भन्दै ब्राजिलका राष्ट्रपतिलाई फुटबल हेर्नबाट वञ्चित

    कोभिड खोप नलगाएको भन्दै ब्राजिलका राष्ट्रपतिलाई फुटबल हेर्नबाट वञ्चित

    अनलाइन नेपाल
  • सोमबार, २५ असोज २०७८
  • 1.3K
    SHARES

    एजेन्सी । ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले कोभिड विरुद्धको खोप नलगाएकाले आफूलाई सान्तोस बनाम ग्रेमियो फुटबल म्याचमा प्रवेश निषेध गरिएको जानकारी दिएका छन् ।

    राष्ट्रपतिको प्रेससँगको कुराकानीको भिडियो आइतबार सार्वजनिक भएको छ जसमा राष्ट्रपतिले आफूमा खोप लगाएकामा भन्दा बढी इन्टिबडी भएको दाबी गरेका छन्। उनले भने- किन खोप कार्ड चाहियो ! किन पासपोर्ट चाहियो ! म केवल खेल हेर्न चाहान्छु ।’



    स्थानीय सञ्चार माध्यमले जनाएअनुसार राष्ट्रपति बोल्सोनारो हाल साओ पाउलोमा बिदामा छन। ब्राजिलका नेताले कोरोनाभाइरस विरुद्धको खोपप्रति शंका व्यक्त गर्ने गरेका छन् र त्यहाँ उल्लेख्य मात्रामा खोप लगाइएको पनि छैन।



    उनी जुलाई २०२० मा कोरोनाभाइरसबाट सङ्क्रमित भएका थिए । केही हप्ता क्वारेन्टिनमा बसेपछि नियमित काममा फर्किएका थिए । राष्ट्रपति बोल्सोनारो जो लकडाउनको एक कट्टर विरोधी पनि छन् जसले मास्क पनि लगाउदैनन्।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार