Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • ब्राजिलमा फेरि बढ्यो कोरोनाको सङ्क्रमण, एकै दिन १८२ जनाको मृत्यु

    ब्राजिलमा फेरि बढ्यो कोरोनाको सङ्क्रमण, एकै दिन १८२ जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २५ असोज २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    एजेन्सी ।  ब्राजिलमा पछिल्ला समयमा कोभिड–१९ को संक्रमण झनै बढेको पाइएको छ । ब्राजिलका स्वास्थ्य अधिकारीहरुहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टामा मात्र १८२ जनाको ज्यान गएको छ । धेरै लामो समयपछि त्यहाँ एकै दिनमा यतिधेरै नागरिकको ज्यान गएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

    त्यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या ६ लाख नाघेको छ । अधिकारीहरुका अनुसार त्यहाँ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ लाख १ हजार ११ जना पुगेको छ । त्यहाँ गत वर्ष एकै दिनमा दुई हजारभन्दा बढीको पनि ज्यान गएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका थिए । तर पछिल्लो वर्ष त्यहाँ कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या घटेको थियो । यत्यहाँ आइतबार मात्र अघिल्लो २४ घण्टामा कोरोना भाइरसबाट १८२ जनाको ज्यान गएको थियो ।



    त्यसैगरी गएको २४ घन्टामा त्यहाँ योसँगै ब्राजिलमा कोरोना भाइरसको प्रकोपबाट संक्रमित हुनेहरुको संख्या ८ हजार ६८७ जना रहेको थियो । यो सँगै यो भाइरसबाट सङ्क्रमित हुनेहरु त्यहाँ २ करोड १५ लाख नाघेको बताइएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीमा त्यहाँ पछिल्लो समयमा सङ्क्रमित हुनेको संख्या बढेको पाइएको छ । त्यसैगरी मृत्यु हुनेहरुको संख्या पनि केही हप्ता यतादेखि बढ्न थालेको देखिएकोछ ।



    त्यहाँको साओ पाओलो शहर सुरुदेखि नै यो सङ्क्रमणको केन्द्रविन्दुमा नै रही आएको छ । ब्राजिल कोरोना भाइरस सङ्क्रमणको कारण संयुक्त राज्य अमेरिकापछि सबैभन्दा बढी नागरिकको ज्यान जाने देशको रुपमा परेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार