Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या झण्डै चार लाख, अप्रिलमा मात्र ७० हजारको ज्यान गयो

    ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या झण्डै चार लाख, अप्रिलमा मात्र ७० हजारको ज्यान गयो

    अनलाइन नेपाल
  • बिहिबार, १६ बैशाख २०७८
  • 3.5K
    SHARES

    फाइल फोटो

    एजेन्सी। ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९ को संक्रमणबाट त्यहाँका तीन हजार १६५ नागरिकको मृत्यु भएको छ ।ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार बुधबार मात्र त्यहाँ अघिल्लो २४ घन्टामा कोभिड–१९ को संक्रमणमा परेका त्यहाँका ती नागरिकको एकै दिनमा ज्यान गएको हो ।

    यो सँगै ब्राजिलमा कोभिडको प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या करिब चार लाखनजिक पुगेको छ । प्राप्त समाचारअनुसार त्यहाँका तीन लाख ९८ हजार १८५ जनाको यो संक्रमणबाट मृत्यु भएको सो मन्त्रालयले दिएको समाचारमा जनाइएको छ ।



    त्यसैगरी सोही अवधीमा थप अर्थात् गएको २४ घन्टायता करिब ८० हजार जनामा कोरोना भाइरस संक्रमण देखिएको पनि मन्त्रालयले जनाएको छ ।कोरोना भाइरसको संक्रमण शुरु भएबाट ब्राजिलमा हालसम्म १ करोड ४५ लाख ३७ हजार जनाभन्दा बढीमा सो संक्रमण भएको बताइएको छ ।



    स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको नयाँ प्रजातिको भाइरसका साथै नयाँ नयाँ वेभहरु आइरहेका छन् ।अस्पतालहरूले बिरामीको चाप थेग्न नसकेपछि उपचारमा समस्या भएको जनाएका छन् । त्यहाँको अवस्था दिन प्रति दिन थप जटिल बन्दै गएको पनि बताएका छन् ।

    यस देशमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्यका रुपमा साओ पाओलो रहेको छ । साओ पाओलोमा मात्र ९४ हजार भन्दा बढी नागरिकको ज्यान गएको छ ।त्यसैगरी सो राज्यमा करिब ४० लाख नागरिक कारोना भाइरसबाट संक्रमित भएका छन् ।

    त्यहाँका अधिकारीहरुले अप्रिल महिना ब्राजिलका लागि सबैभन्दा खराब महिना भएको बताएका छन् । उनीहरुले यस महिनाभित्र मात्र कम्तीमा पनि ७० हजार जना नागरिकको यही संक्रमणबाट नै ज्यान गएको बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार