Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

दशैंको मुखमा भएको सडक दुर्घटनाका खबरले स्तब्ध बनायो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुगु, कास्की र अछाममा भएका सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई उचित क्षतिपूर्ति दिन र घाइतेहरुको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् ।

आज विज्ञप्ति जारी गर्दै प्रचण्डले विजया दशमीको मुखमा हिजो मुगुमा भएको बस दुर्घटना र त्यसमा ३२ जना यात्रुको मृत्युको खबरले स्तब्ध बनाएको प्रचण्डले उल्लेख गरेका छन् । साथै, कास्की, अछाम लगायत देशका विभिन्न भागहरुमा भएका सडक दुर्घटनाका खबरले थप मर्माहत बनाएको प्रचण्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

दिवंगत नागरिकहरुमा श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्डले शोक सन्तप्त परिवार तथा आफन्तजनमा समवेदना प्रकट गरेका छन् ।

नेपाली सडकको दुरावस्थाका साथै सवारीको अवस्था, चाप, सक्षम जनशक्तिको अभाव, चाडपर्वहरुमा क्षमताभन्दा बढी यात्रुहरुको ओसारपसार र सरोकारवाला निकायबाट निगरानी नहुँदा सवारी दुर्घटनाका घटनाहरु बढ्दै गइरहेको प्रचण्डले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077