Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • दिल्ली अदालत हमलामा संलग्न पाकिस्तानकी अभियुक्त पक्राउ, झारफुक गरेरै डेढवर्ष बिताएको खुलासा

    दिल्ली अदालत हमलामा संलग्न पाकिस्तानकी अभियुक्त पक्राउ, झारफुक गरेरै डेढवर्ष बिताएको खुलासा

    अनलाइन नेपाल
  • बुधबार, २७ असोज २०७८
  • 1.8K
    SHARES

    एजेन्सी । भारतीय प्रहरीले नयाँदिल्लीस्थित उच्च अदालत अगाडि २०११ मा भएको बम हमलामा संलग्न एक अभियुक्तलाई पक्राउ गरेको छ।

    दिल्ली प्रहरीले मोहम्मद असरफ नामका ती अभियुक्तलाई पाकिस्तानी आतंकवादी भएको जनाएको छ । पक्राउपछि उनीबारे केही प्रहरीले नयाँ रहस्य खुलासा गरेको छ।



    प्रहरीका अनुसार सोधपुछको क्रममा असरफले उच्च अदालतमा हमला गर्नुअघि त्यस क्षेत्र वरपर रेकी गरेको स्वीकार गरेका छन् । यस्तै जम्मू कश्मीरमा आतंककारीहरुले आफ्नै अगाडि सैनिक जवानहरुको अपहरण गरेकोसमेत उनले वयानको क्रममा बताएका छन्।



    भारतीय सञ्चारमाध्य दैनिक भास्करका अनुसार असरफ २००५ देखि २००६ मा डेढ वर्षभन्दा धेरै राजस्थानमा रहेको र त्यहाँ उनी झारफुक गरेर बसेको वयान दिएका छन्। राजस्थानको अजमेरमा उनले झारफुक गरेर लुकेर बसेको बताएका छन् ।

    यसवाहेक उनी जोगीको पहिरनमा पनि केही क्षेत्रमा बसेको प्रहरीले बताएको छ  । दिल्ली प्रहरीको अनुसन्धानको क्रममा मोहम्मद असरफको साथमा केही फर्जी परिचयपत्र समेत बरामद गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार