Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • सार्वजनिक यातायातले गाडी नचलाउँदा  पठाओ र ट्याक्सीले फाइदा उठाउनसम्म उठाए

    सार्वजनिक यातायातले गाडी नचलाउँदा  पठाओ र ट्याक्सीले फाइदा उठाउनसम्म उठाए

    अनलाइन नेपाल
  • बुधबार, २७ असोज २०७८
  • 2.2K
    SHARES

    अनुशा थापा/ काठमाडौं। दशैंको महाअष्टमीको दिन उपत्यकाभित्र चल्ने विभिन्न रोडमा चल्ने भाडाका गाडीहरु यातायात व्यवसायीहरुले नचलाउदाँ जनताले निकै सास्ती पाएका छन् । यातायात व्यवसायीले गाडी पुजा गर्न गाडी थन्काउँदा उपत्यका बस्ने सर्वसाधारणहरुलाई निकै कष्ट भएको हो ।

    बिरामीलाई खाना लिएर अस्पताल जान, विभिन्न किनमेल गर्न वा आफन्त भेट्न जाँदा भाडाको  बस, माइक्रोबस र ट्याम्पु नपाएर यात्रुहरुले बाध्य भएर ट्याक्सी र पठाओको खोजी गरिरहेको देखियो । यात्रुहरु आज पैदल यात्रा गर्नसम्म बाध्य भए ।
    केही दिन अगाडिदेखि उपत्यकामा गाडी नपाएर विभिन्न चोकमा मानिसहरु पैदल यात्रा गरिरहेको देखियो । केहीदिन यता निकै कम संख्यामा भाडाका गाडीहरु चलिरहेको थियो । गाडी नपाएर कति जना निजी गाडीहरुमा लिफ्ट मागिरहेको पनि देखियो ।



    गाडी चढ्नको लागि स्टपमा मान्छेहरुको भीड त्यस्तै रहेको थियो । गाडी नपाएर पैदल यात्रा गरिरहेका पनि थुप्रै सर्वसाधारण भेटिएका थिए । सिभिल अस्पतालमा बिरामी भएर भर्ना गरेको भक्तपुर बस्ने सुभद्रा खत्रीलाई खाना लिएर उनको आफन्त सल्लाघारीबाट हिडेर अस्पताल आएको बताए ।



    सिभिल अस्पतालबाट सल्लाघारी जान पनि बस नपाएको उनको भनाइ थियो । सिभिल अस्पताल पार्किड. गरेर बसेको ट्याक्सीले सल्लाघारी जानको लागि मिटरमा जाऊ भन्दा मानेन । यता हजार रुपिँया मागे । अर्को ट्याक्सीले आठ सय दिए लगिदिने बताए ।

    बिहान पनि हिडेर आएको र फेरिपनि हिडेर सल्लाघारी जान उनको आँट थिएन । खुट्टाले जमिन चिन्न नसक्ने स्थिति उनको थियो । बस आँउछ कि भनेर  यातायात व्यवस्था विभाग अगाडि उनी एकघण्टा उभिए तर गाडी पाएनन् । यो त एउटा उदाहरण मात्र हो ।
    अहिले त दिनहुजसो गाडी नपाएर पैदल यात्रा गरेको प्रशस्तै देखिन्छ । झन् आज त गाडी नपाएर बच्चा बोकेर पैदल यात्रा गर्ने प्रशस्त देखिए । भाडाको गाडी नपाएपछि ट्याक्सीले हजार मागपछि उनले पठाओ मगाए । पठाओले सल्लाघारी सम्मको एक सय असी रुपिँया माग्यो ।

    उनी एक सय असी रुपिँया तिरेर सल्लाघारी जान तयार भए । पठाओले एक सय असी रुपिँया लिएको त्यो महँगो हो कि सस्तो हो ? त्यो सरकारले निर्धारण गरेको भाडा होइन् । पठाओ कम्पनीले आफुखुसी निर्धारण गरेको भाडा हो यो ।

    एउटा प्राइभेट कम्पनी हो पठाओ । पठाओ अन्तर्गत थुप्रै पुराना मोटरसाइकल र स्कुटर सञ्चालन भएका छन् । यस्ता सवारीले दुर्घटना गराउन सक्छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार