Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • पठाओ र इनड्राइभमा ‘अफलाइन राइड’ गर्ने ४८ जना पक्राउ

    पठाओ र इनड्राइभमा ‘अफलाइन राइड’ गर्ने ४८ जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ८ पुष २०८०
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रहरीले अफलाइन पठाओ र इनड्राइभ चलाउने मोटरसाइकल राइडरलाई नियन्त्रणमा लिएको छ । काठमाडौं प्रहरी परिसरको टोलीले ४८ जना मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको हो ।

    शनिबार र आइतबार गरेर उनीहरुलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएका केही चालकमाथि अभद्र मुद्दामा म्याद थप गरेर अनुसन्धान गर्ने तयारी प्रहरीको छ ।



    अफलाइनमार्फत् यात्रुहरुसँग पैसाको बार्गेनिङ गर्ने, हैरानी दिनेलगायतको गुनासो आएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । केही राइडर भने मोटरसाइकल नै छाडेर भागेका छन् ।



    प्रहरी कुल ७५ वटा मोटर साइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    प्रहरीले विगतका केही आपराधिक घटनाहरूमा यस्ता सवारीहरूको संलग्नता देखिएको र सुरक्षा संवेदनशीलताको दृष्टिबाट सदैव जोखिम सृजना हुने भएको कारणले अफलाइन ड्राइभ नगर्न अनुरोध गरेको छ ।

    सम्पूर्ण सरोकारवाला तथा चालकलाई र आम सर्वसाधारणहरूलाई सचेत रहन परिसरले आग्रह गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार