Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पाकिस्तानी एयरलाइन्सद्वारा काबुलका सबै उडानहरु रद्द, इमरान खानमाथि चुनौती थपियो

एजेन्सी। पाकिस्तानको अन्तर्राष्ट्रिय एयरलाइन्स पीआईएले अफगानिस्तानको राजधानी काबुल जाने र र आउने सबै उडान रद्द गरेको छ।

एयरलाइन्सले तालिबान अधिकारीहरुलाई 'अपमानजनक व्यवहार' को आरोप लगाउँदै उडान रद्द गरेको जनाएको छ ।

कम्पनीका प्रवक्ताले  तालिबानले एयरलाइन्सका कर्मचारीहरुलाई धम्की दिइरहेकोआरोप लगाएका छन् । तालिबानले उडानको व्यवस्थामा हस्तक्षेप गरिरहेका छन्। अगस्तमा तालिवानले अफगानिस्तानको नियन्त्रण लिनु भन्दा पहिले नै थिए।

तालिबानले यदि उसको शर्तहरु पूरा भएन भने उडानहरु बन्द गर्न सकिने  जनाएको थियो । विगत दुई महिनामा इस्लामाबाद-काबुल मार्गमा उडानहरुको मूल्य पहिलेको तुलनामा झण्डै दश गुणा बढेको छ।

अगस्तको मध्यमा तालिवानले अफगानिस्तान कब्जा गरेपछि पाकिस्तानले त्यहाँ विशेष उडान सुरु गरेको छ। पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको उडानहरु अफगानिस्तानबाट भाग्नेहरुको लागि जीवन रेखा जस्तै थियो।

'काबुल उड्डयन अधिकारीहरुको अव्यवसायिक रवैयाका कारण हाम्रा उडानहरु ढिला भयो,' पीआईएका प्रवक्ता अब्दुल्लाह हाफिज खानले एएफपी समाचार एजेन्सीलाई भने।

उनले भने  'स्थिति राम्रो नभएसम्म उडानहरु स्थगित रहनेछ।' पाकिस्तानी प्रधानमन्त्री इमरान खानले तालिवानलाई सहयोग गरिरहेका छन्। अफगानिस्तानको बारेमा पाकिस्तानी एयरलाइन्सको ठूलो निर्णयले उनीमाथि तालिवानलाई किन सहयोग गरेको भन्ने बारेमा प्रश्न उठाइएको छ  । - बिबिसीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077