Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मेसी भर्सेस रोनाल्डो : वर्ष २०२१ मा को उत्कृष्ट ? (तथ्याङ्कसहित)

एजेन्सी – लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो वर्तमान फुटबलका दुई सुपरस्टार हुन्। अर्जेन्टिनी स्टार मेसी र पोर्चुगिज फरवार्ड रोनाल्डो फुटबल जगतमा धेरै तुलना हुने खेलाडी पनि हुन्।

विश्वमा यी खेलाडीका कराडौं प्रशंसकहरु छन्। लामो समयदेखि फुटबलमा जमिरहेका मेसी र रोनाल्डो अहिले पनि उत्तिकै चर्चामा छन्। मेसी हाल पेरिस सेन्ट जर्मन(पिएजसजी)बाट व्यवसायिक फुटबल खेलिरहेका छन् भने रोनाल्डो म्यानचेस्टर युनाइटेडबाट।

मेसी र रोनाल्डो यस वर्षको बालोन डी’ओर अवार्डका दाबेदार पनि हुन्। केही समयपछि घोषणा हुने उक्त अवार्ड जित्ने चाहना दुबै खेलाडीको छ। यहाँ हामी वर्ष २०२१ मा दुई खेलाडीले गरेको गोलका बारेमा चर्चा गर्दैछौं।

मेसीले वर्ष २०२१ मा क्लब र देशका लागि कुल ४८ खेल खेलेका छन्। उनले त्यसक्रममा ३८ गोल गरेका छन् भने १४ गोलका लागि पास मिलाएका छन्।

३८ मध्ये २९ गोल उनले क्लब (बार्सिलोना र पिएसजी)का लागि गरेका हुन् भने ९ गोल अर्जेन्टिनाका लागि गरेका हुन्।

त्यस्तै रोनाल्डोले वर्ष २०२१ मा देश र क्लबका लागि कुल ५० खेल खेलेका छन्। ती खेलहरुमा उनले ३८ नै गोल गरेका छन् जुन मेसीसँग बराबर छ। उनले ४ गोलका लागि पास मिलाएका छन्।

रोनाल्डोले ३८ मध्ये २५ गोल क्लब (युभेन्टस र म्यानचेस्टर यसनाइटेड)का लागि गरेका हुन् भने पोर्चुगलका लागि १३ गोल गरेका हुन्।

तथ्याङ्क स्रोत : https://www.messivsronaldo.app/calendar-year-stats/2021

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077