Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अमेरिकी जासुसी संस्थालाई चुनौती दिँदै उत्तर कोरियाद्वारा जापानी तटनजिक मिसाइल प्रहार

एजेन्सी। लगातार मिसाइल परीक्षण गर्दै आएको उत्तर कोरियाले फेरी जापानी तटनजिक  मिसाइल प्रहार गरेको छ ।  उत्तर कोरियाले मंगलबार बिहान पूर्वी तटीय क्षेत्रमा कम्तीमा एउटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरिया र जापानको सेनाले जनाएको छ ।

उत्तर कोरियाका विषयमा दक्षिण कोरिया, जापान र अमेरिकाका जासुसी संस्थाका प्रमुखबीच वार्ता हुन गइरहेका बेला मिसाइल प्रहार गरेर उत्तर कोरियाले सबैलाई चुनौती दिएको छ।

अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद उत्तर कोरियाले लगातार आफ्ना हतियार विकास कार्यक्रमलाई विस्तार गरिरहेको छ ।

उत्तर कोरियाले हाइपरसोनिक, लामो दूरीको क्रुज मिसाइल र एन्टी-एयरक्राफ्ट हतियारको परीक्षण गरेको छ । संयुक्त राष्ट्र संघले उत्तर कोरियालाई विशेष गरी ब्यालेस्टिक मिसाइल र आणविक हतियारको परीक्षण गर्न निषेध गरेको छ।

स्थानीय मिडियाले उत्तर कोरियाले पनडुब्बी प्रक्षेपण गरेको मिसाइलको परीक्षण गरेको हुन सक्ने जनाएका छन्।

जापानका प्रधानमन्त्री फुमियो किशिदाले दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरिएको र उक्त प्रक्षेपणलाई अत्यन्तै खेदजनक भनेका छन् । -बिबिसी

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077