Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

सिटिजन्स बैंकबाट नगद लुट्ने थप एक युवक पक्राउ

मोरङ । प्रहरीले सिटिजन्स बैंकबाट नगद लुटपाटमा संलग्न थप एकजनालाई पक्राउ गरेको छ। धनपालथान गाउँपालिका–४ स्थित कर्सियाको बिपि चोकमा रहेको सिटिजन बैंकबाट गत असोज २५ गते नगद लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा भारत फारवेसगञ्ज–१० बस्ने २० वर्षीय रोशन यादवलाई सोमबार प्रहरीले पक्राउ गरेको हो।

बैंकबाट २१ लाख ७० हजार ५ सय ६३ रुपैयाँ लुटपाट भएको थियो। सोही घटनामा संलग्न अन्य ३ जनालाई सोही दिन साँझ प्रहरीले पक्राउ गरेको थियो। उक्त बैंकबाट नगद लुटपाट गरेको घटनामा संलग्न रही फरार रहेका राशनलाई सुनवर्षी नगरपालिका–८ सिक्टी नेपाल चोक नजिकबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

बैंक लुटेर फरार भई पक्राउ परेकामध्ये श्याम मुखियाको कोठाबाट १ थान पेस्तोल, १ थान म्याग्जिन र ५ सय ग्राम अवैध लागूऔषध गाँजा समेत प्रहरीले बरामद गरेको छ।

साथै बिराटनगर महानगरपालिका–७ स्थित सेन्ट्रल मल अगाडि रहेको कोटेक्स ट्रेडिङ सप्लायर्सका संचालकलाई हातहतियार देखाई नगद १२ हजार रुपैयाँ लुटपाट गरेको घटनामा समेत सोही समूहका सदस्यहरुको संलग्नता रहेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको र कारबाही प्रक्रिया पनि अघि बढाइएको प्रहरीको भनाई छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077