Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

मौसम कहिलेबाट सुध्रिन्छ ? मौसमविदले दिए यस्तो जानकारी

काठमाडौं – नेपालमा बंगालको खाडी र मध्य भारतमा रहेको न्यूनचापीय प्रणालीमा पश्चिमी वायु प्रणाली प्रभावका कारण भारी वर्षा भइरहेको छ। कतिपय स्थानमा बाढी र पहिरोले बितण्डा मच्चाइरहेको छ।

मौसममा आएको फेरबदलीले धेरै स्थानमा मानिसहरुलाई त्रसित बनाएको छ। दुई दिनदेखि देशभर देखिएको मौसमी प्रभाव बिहीबारदेखि कमजोर बन्दै जाने मौसमविद्हरुले जानकारी दिएका छन्।

बिहीबारदेखि क्रमिक रुपमा मौसममा सुधार आउने बताइएको छ। त्यस्तै मौसमविदले आज र भोलि भने धेरै स्थानमा मौसम यस्तै रहने पनि जानकारी दिएका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडी हुँदै आएको यो प्रणालीको बढी असर सूदूर पश्चिम प्रदेशमा देखिएको छ। सूदूरपश्चिममा दुई दिनअघि नै यो प्रणाली भित्रिएको थियो। प्रणाली भित्रिएसँगै सूदूरपश्चिमका विभिन्न स्थानमा भारी वर्षा भएको छ।

वर्षाका कारण सेती, महाकालीलगायतका नदीमा बाढी आएको छ भने नदीले कटानसमेत गरेको छ। सूदूरपश्चिमका हिमाली जिल्लाहरुमा समेत भारी वर्षा भएपछि बाढी र पहिरो निम्तिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशभरका मानव सञ्चालित र स्वचालित सबै वर्षा मापन केन्द्रमा वर्षा रेकर्ड भएको छ। मनसुनपछि पनि केही स्थानमा आरीघोप्टे वर्षा भएको छ।

हिमाली क्षेत्रमा हिमपातसमेत भएको छ। बाक्लो हिमपातको सम्भावना भएकाले पदयात्रा नगर्न मौसमविद्हरुले सुझाएका छन्। सूदूरपश्चिमको डडेलधुरामा २४ घण्टामा मनसुन अवधिमाजस्तै वर्षा भएको छ।

डडेलधुरामा २२०, दिपायलमा १८७.५, धनगढीमा १४०.२ मिमि वर्षा रेकर्ड भएको छ। प्रदेश १ का केही स्थानमा पनि भारी वर्षा भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077