Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

चीनले भन्यो, ‘राष्ट्रसंघमा नेपालले लगाएको गुन कहिल्यै बिर्सने छैन’

काठमाडौं । चीनले नेपालले चीनलाई संयुक्त राष्ट्रसंघमा पुनः बहाली गर्न नलाएको गुन कहिल्यै नबिर्सने बताएको छ। चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाली समकक्षी नारायण खड्कालाई टेलिफोन गरी उक्त साथ र समर्थनका लाथि नेपाललाई धन्यवाद दिएका छन्।

‘नेपालले दिएको यो अमूल्य समर्थनलाई चीनले कहिल्यै बिर्सिने छैन,’ नयाँ चीन स्थापनापछि यो वर्ष राष्ट्रसंघमा चिनियाँ उपस्थितिको पचासौं वार्षिकोत्सवका सन्दर्भमा मन्त्री वाङले भने।

टेलिफोन कुराकानीमा मन्त्री वाङले चीनले नेपाललाई सकेको सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। उनले साँचो अर्थमा बहुपक्षीयतावादको संरक्षण, अन्य मुलुकको आन्तरिक मामिलामा हस्तक्षेपको प्रतिरोध, एकपक्षीयतावाद तथा त्रासधम्कीको प्रतिवाद गर्न र दुवै मुलुक तथा क्षेत्रबीचको साझा हितका सवालमा नेपालसँग सहकार्य गर्न चाहेको उल्लेख गरेका छन्।

दोस्रो विश्वयुद्धको अन्त्यपछि सन् १९४५ अक्टोबर २४ मा संयुक्त राष्ट्रसंघको स्थापना हुँदा चीन एउटा संस्थापक मुलुक थियो। तर सन् १९४९ मा जनगणतन्त्रको उदयपछि हटाइएको चीनले सन् १९७१ अक्टोबर २५ मा पुनः सदस्यता पाएको हो।

चीनलाई राष्ट्रसंघको सदस्यता दिलाउन नेपालले पनि महत्त्वपूर्ण भूमिका खेलेको थियो। चीनले यो वर्ष राष्ट्रसंघमा आफ्नो सदस्यताको पचासौं वार्षिकोत्सव मनाइरहँदा नेपालले लगाएको गुनको स्मरण गरेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077