Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उत्तर कोरियाले पनडुब्बीबाट हानिने नयाँ ब्यालिस्टिक मिसाइलको परीक्षण गरेको पुष्टि

एजेन्सी । उत्तर कोरियाले पनडुब्बीबाट मार हानिने एउटा नयाँ बलिस्टिक क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

योसँगै दक्षिण कोरियाले यसअघि प्योङ्याङको परीक्षणबारे सार्वजनिक गरेका रिपोर्टको पुष्टि भएको छ। उत्तर कोरियाली समाचार संस्था केसीएनएले परीक्षण गरिएको क्षेप्यास्त्रमा 'नियन्त्रणसम्बन्धी उन्नत प्रविधिहरू' भएको जनाएको छ।

यसअघि सन् २०१६ मा एउटा परीक्षण गरिएको 'भेसल' बाटै पछिल्लो क्षेप्यास्त्रको परीक्षण गरिएको उसले उल्लेख गरेको छ । समाचारमा नेता किम जङ-अनबारे केही उल्लेख नगरिएकोले क्षेप्यास्त्र परीक्षणका बेला उनी उपस्थित नरहेको बुझिएको छ।

यसअघि दक्षिण कोरियाली सेनाले जापानी तटदेखि पर समुद्रमा अस्त्रहरूको परीक्षण गरिएको देखिएको मङ्गलवार जनाएको थियो। उत्तर कोरियाले पछिल्ला साताहरूमा एकपछि अर्को क्षेप्यास्त्रको परीक्षण गरेका विवरण आएका छन्।

परीक्षण गरिएका अस्त्रमा हाइपरसोनिक र लामो दूरीसम्म मार हान्न सक्ने अस्त्रहरू पनि रहेको बताइन्छ। (बीबीसीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077