Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

बाढी-पहिरोमा परी बेपत्ता भएकाहरुको खोजी गर्न माओवादी कार्यकर्ताहरुलाई प्रचण्डको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अबिरल वर्षापछिको बाढी, पहिरो र डुबानमा परेर बेपत्ता भएकाहरुको यथाशीघ्र खोजीका लागि पार्टीका नेता तथा कार्यकर्ताहरुलाई विशेष निर्देशन दिएका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आज एक विज्ञप्ति जारी गर्दै विपद्मा ज्यान गुमाएकाहरुमा श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट समेत गरेका छन्।

'पछिल्ला तीन दिनदेखि देशभर परेको अबिरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी प्रदेश नं. १, सुदुरपश्चिम प्रदेशलगायत देशका विभिन्न भागहरुमा ३० जनाभन्दा बढी नागरिकको ज्यान गएको छ,' विज्ञप्तिमा भनिएको छ, 'बाढीपहिरोमा परी बेपत्ता हुनभएकाहरुको यथाशीघ्र खोजीका लागि स्थानीय, प्रदेश र संघका सुरक्षा लगायत सबै सरकारी निकायहरु, स्थानीय स्वयम्सेवी, विभिन्न संघसंस्था, व्यक्ति, युवा र हाम्रो पार्टीका नेता तथा कार्यकर्ताहरुमा विशेष आग्रह गर्दछु । '

यस्तै, अध्यक्ष प्रचण्डले बाढीपहिरोमा फँसेकाहरुको उद्दार र राहत, घाइतेहरुको निःशुल्क स्वास्थ्योपचार, बिचल्लीमा परेका नागरिकहरुको खानपान र बसोबासको व्यवस्था मिलाउन सरकारसँग विशेष अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077