Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बसुलो प्रहार गरेर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

सल्यान । बसुलो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सल्यान कुमाख गाउँपालिका-५ का ४७ वर्षीय कविराम खड्का रहेका छन्।

४२ वर्षीया श्रीमती कली खड्कालाई बसुलो प्रयोग गरी हत्या गरेको आराेपमा खड्कालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हाे ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार घरायसी विवादका कारण मादक पदार्थ सेवन गरी कविरामले श्रीमतीलाई धारिलो हतियार (बसुलो) प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077