Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • सीता भण्डारी मृत्यु प्रकरण: माइती पक्षले ११ लाखको चेक बुझेपछि ४६ दिनमा उठ्यो सीताको शव

    सीता भण्डारी मृत्यु प्रकरण: माइती पक्षले ११ लाखको चेक बुझेपछि ४६ दिनमा उठ्यो सीताको शव

    अनलाइन नेपाल
  • बुधबार, ३ कार्तिक २०७८
  • 1.7K
    SHARES

    बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी २७ वर्षीया सीता भण्डारीको शव ४६ दिनपछि आफन्तले बुझेका छन् । माइती पक्षलाई ११ लाख रुपैयाँ दिने सहमति भएपछि

    माइती पक्षले ११ लाखको चेक बुझेपछि मृतकको शव ४६ दिनपछि आज (बुधबार) उठेको हो ।



    गत भदौ २० गते बिहान सीता आफ्नै ओछ्यानमा मृत अवस्थामा भेटिएकी थिइन् । त्यसपछि माइती पक्ष हत्या गरिएको भन्दै आन्दोलनरत थियो ।



    आत्महत्या गरेको भनिएकी सीताको मृत्युको विषयलाई लिएर आन्दोलन चर्केपछि माइती पक्षले शव उठाएका थिएनन् । आत्महत्या दुरुत्साहन मुद्दामा जिल्ला अदालत रुपन्देहीले मृतकका श्रीमान्, जेठाजु र आमाजूलाई पुर्पक्षका लागि कारागार चलान गरिसकेको छ ।

    स्रोतका अनुसार सीताका माइती पक्षले घरतर्फ अर्थात् पौडेल परिवारबाट ११ लाख रुपैयाँको चेक बुझेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका-१७ स्थित गंगोलियामा एकजना मध्यस्थकर्ताको घरमा मंगलबार लिखित सहमति भएको हो ।

    हेर्नुहोस् सहमति पत्र:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार