Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • तिलोत्तमामा युवतीको शंकास्पद मृत्यु, छोरीको हत्यामा ज्वाँईको संलग्नता रहेको माईती पक्षको दाबी

    तिलोत्तमामा युवतीको शंकास्पद मृत्यु, छोरीको हत्यामा ज्वाँईको संलग्नता रहेको माईती पक्षको दाबी

    अनलाइन नेपाल
  • मंगलबार, २२ भाद्र २०७८
  • 1.7K
    SHARES

    बुटवल । रुपन्देहीको तिलोत्तमा -८ मणिग्रामकी सिता भण्डारीको मृत्यु शंकास्पद रहेको भन्दै माईती पक्षले छानविन गरी दोषी माथि कारबाहीको माग गरेका छन् ।

    मंगलबार बुटवलमा पत्रकार सम्मेलन गर्दै गत भदौं १९ गते मृतक भेटिएकी भण्डारीको माइती पक्षले घर परिवारको योजनामा आफ्नो छोरीको हत्या भएको भन्दै गरी दोषी माथि कारबाहीको माग गरेका हुन् ।



    पत्रकार सम्मेलनमा मृतकका बुबा हरिप्रसाद भण्डारीले शवको प्रकृति र घटनाक्रम हेर्दा आत्महत्या हुन नसक्ने दावी गरेका छन् । यस्तै, मृतककी श्रीमान् टिका पौडेलले हत्या गरी झुन्ड्याएको वहाना गरेको माइती पक्षको आरोप छ । अनुहारमा रगत लतपतिएको दृश्यले हत्या नै भएको उनीहरुको भनाइ छ ।



    घटनाबारे इलाका प्रहरी कार्यालय बुटवलमा किटानी जाहेरी दिए पनि प्रहरीले जाहेरी दर्ता नगरेको बुवा भण्डारीले बताए । तर, इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख नायब उपरीक्षक (डीएसपी)मदन कुँवरले पोष्टमार्टम रिपोर्टमा आत्महत्या गरेको देखिएकाले किटानी जोहरी लिन नसकिने बताए ।

    श्रीमानको व्यवहारका कारण सीता भण्डारीले आत्महत्या गर्न बाध्य भएको अनुसन्धानबाट खुलेकाले उनलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको डीएसपी कुँवर बताउछन्।

    मृतकका श्रीमान पौडेल तानसेनमा दरबार रिसोर्ट सञ्चालन गर्दै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार