Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तालिबानलाई लक्षित गर्दै ग्रेनेड आक्रमण

एजेन्सी । बुधवार अफगानिस्तानको राजधानी काबुलमा तालिबानको सवारीसाधनलक्षित ग्रेनेड आक्रमणमा भएको छ । यसमा परी दुई लडाकू र चार जना विद्यालयका बालबालिका घाइते भएका छन् ।

अपराधीहरुको खोज र अनुसन्धान सुरु गरिएको तालिबान आन्तरिक मन्त्रालयका प्रवक्ता कारी सईद खोस्तीले एएफपीलाई बताएका छन् । प्रारम्भिक समाचारमा चार जना विद्यालयमा विद्यार्थी घाइते भएका अर्का एक अधिकारीले जानकारी दिएका थिए ।

एक प्रत्यक्षदर्शीले एएफपीलाई भने, ‘स्थानीय समयानुसार बुधबार बिहान ८ बजे काबुलको पश्चिम भागमा रहेको देह मझाङ जिल्लामा अत्यन्त व्यस्त समयमा सो विस्फोट भएको थियो ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077