Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्वदेश फर्किन लागेका ३२ नेपालीलाई तालिबानले एयरपोर्टमै रोक्यो, उतै अलपत्र

काठमाडौं । अफगानिस्तानको काबुलमा ३२ नेपाली अलपत्र परेका छन्। रोजगारीका लागि अवैधरुपमा त्यहाँ पुगेका नेपालीहरु स्वदेश फर्किनबाट बञ्चित भएका हुन्।

३४ जनामध्ये २ जना बुधबार काठमाडौं आएपनि ३२ जना भिसाको म्याद सकिएका कारण उतै अड्किएका हुन्। नेपाल आउन लागेका उनीहरुलाई विमानस्थलबाट फर्काइएको छ। अफगानिस्तान तालिबानले कब्जा गरेपछि उनीहरु उतै अलपत्र परेका थिए।

सो समयमा उद्धार गर्दा नेपाल आउन नपाएका उनीहरुलाई दिल्लीस्थित नेपाली दूतावासले विभिन्न ठाउँबाट एकै ठाउँमा जम्मा गरेको थियो। महिनौंदेखि उनीहरू सबै अफगानिस्तानमा संयुक्त राष्ट्रसंघीय निकायलाई सुरक्षाकर्मी आपूर्ति गर्ने बेलायती संस्था आईडीजीको संरक्षणमा छन्। दिल्लीस्थित दूतावासको आग्रहमा उनीहरूलाई आईडीजीले आवास तथा खाना दिइरहेको छ।

दिल्लाीस्तिथ दुतावासका अनुसार राष्ट्रसंघीय निकायमा कार्यरत नेपाली सुरक्षाकर्मीमध्ये ८६ जना बिदामा काठमाडौं आउने भएपछि अलपत्रहरूलाई पनि सोही विमानमा नेपाल पठाउने तयारी गरिएको थियो।

आईडीजीले चार्टर गरेको इरानको महान एयर बुधबार नै काबुलबाट काठमाडौं पुगेको थियो। तर तालिबानले एयरपोर्टबाट फर्काएपछि ३२ नेपाली उतै छुटे। सो विमान त्यसमा ८८ नेपाली र अन्य भारतीय नागरिक गरी १ सय ५ जना थिए ।

नेपालीहरुलाई विमानस्थलमा रहेका तालिवानी अथोरिटीले भिसाको म्याद सकिएको भन्दै रोकेको बताइएको छ। उनीहरुलाई फेरि आईडीजीमार्फत नै उद्धार गर्ने प्रयास गरिएको छ। जरिवाना तिरेर भिसाको प्रक्रिया पूरा गरिएपछि अर्को कुनै उडानबाट नेपाल ल्याइने तयारी भइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077