Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मुख्यमन्त्री भीम आचार्यले आजै विश्वासको मत लिने, यस्तो छ अंकगणित

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले शुक्रबार विश्वासको मत लिने भएका छन् ।

प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले गरेको निर्णयका आधारमा प्रदेश १ नेकपा एमाले ससदीय दलको बैठकले मुख्यमन्त्री आचार्यले शुक्रबारै विश्वासको मत लिने निर्णय गरेको छ ।

यसअघि गत २४ असोजमा मुख्यमन्त्री आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभामा दर्ता गराएका थिए ।

दल विभाजित भए ३० दिनभित्र विश्वासको मतका लागि प्रदेशसभासमक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले विश्वासको मत लिन लागेका हुन्।

मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त गर्न ४६ सांसद आवश्यक हुन्छ।

९२ सदस्यीयमा एमालेका सभामुखसहित ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १–१ जना सांसद छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077