Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

गाउँपालिकामा चुनाव जितिन् तर क्यान्सरसँग हारिन् मिरा

सिन्धुपाल्चोक । जिल्लाको इन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष मिरा लामा अधिकारीको निधन भएको छ। अधिकारीको शनिबार बिहान उपचारको क्रममा निधन भएको हो।

उनी कांग्रेस जिल्ला सभापति विकास लामाकी श्रीमती हुन्। अधिकारी लामो समयदेखि क्यान्सरसँग जुधिरहेकी थिइन्।

इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङका अनुसार उपचारका क्रममा शनिबार बिहान ७ बजे काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उनको निधन भएको हो। ५१ वर्षीया अधिकारीका ३ छोरी छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077