Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बालबालिकाहरुलाई धम्की दिएर यौनजन्य गतिविधि गर्दै आएका विदेशी नागरिक पक्राउ

कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले नावालकहरुलाई ललाई फकाई, डरत्रास र धम्की दिएर यौनजन्य गतिविधि गरेको आरोपमा एक विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ४४ बर्षीय क्यानडियन नागरिक रोबर्ट किन्केली रहेका छन् ।

उनलाई शनिबार जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले पोखराको लेकसाइडबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेका किन्केलीमाथि नावालकहरुलाई ललाई फकाई, डरत्रास, धाक धम्की तथा बिभिन्न प्रलोभनमा पारी यौनजन्य गतिविधी गरेको आरोप छ।

उनले ३ जना बालकहरुलाई साथमा राखी यौनजन्य गतिविधि गरेको भन्ने सूचनामा प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका किन्केलीको साथबाट प्रहरीले १ थान ल्याप्टप, १ थान मोवाईल, १ थान राहदानीसहित थप प्रमाणमा लाग्ने चिजबस्तु समेत बरामद गरेको जनाएको छ।

उनीमाथि कास्की जिल्ला अदालतबाट अप्राकृतिक मैथुन तथा बालबालिकाविरुद्धको कसुरमा सात दिन म्यादथप अनुमति लिइ थप आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077