Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

पूर्व आईजीपी सर्वेन्द्र खनाल एमाले प्रवेश गर्दै

काठमाडौं । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले नेकपा एमाले प्रवेश गर्ने तयारी गरेका छन्।

एमाले स्थायी कमिटी सदस्य किरण गुरुङका अनुसार पूर्व आईजीपी खनाल एमाले प्रवेशको तयारीमा रहेका हुन्। यसका लागि एमाले नेतृत्वसँग सहमति भइसकेको नेता गुरुङको भनाइ छ।

उनका अनुसार ९ कार्तिकमा पालिका अधिवेशनपछि खनाललाई पार्टीमा स्वागत गरिनेछ । पार्टी प्रवेश गर्न खनाल तयार भइसकेको गुरुङले जानकारी दिए।

मंगलबार कार्तिक ९ गते एमालेले देशभर पालिका अधिवेशन गर्दैछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077