Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सर्वोच्चको फुलकोर्ट बैठक : १४ न्यायाधीशले बहिस्कारको तयारीमा

काठमाडौं । सोमबार सर्वोच्च अदालतको पूर्ण बैठक(फुलकोर्ट) बोलाइएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले फुलकोर्ट बोलाएका छन्।

आइतबार जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीसँग छलफल गरेका छन्। बारका पदाधिकारीको सहमतिमा फुलकोर्ट बोलाइएको हो।

तर केही न्यायाधीशहरुले भने फुलकोर्ट बहिस्कार गर्ने भएका छन्। असन्तुष्ट रहेका १४ न्यायाधीशले फुलकोर्ट बहिस्कार गर्ने तयारी गरेको बताइएको छ।

न्यायाधीशहरूबीचको बैठक सोमबार बिहान ११ बजे फेरि बस्दैछ। यद्यपि, न्यायाधीशहरूले इजलास भने बहिस्कार गर्ने छैनन्।

प्रधानन्यायाधीश जबरा पटकपटक विवादमा तानिएपछि न्यायालयको गरिमा खस्किएको कतिपय कानुनविदको आरोप छ। पछिल्लोपटक सरकारमा भागबन्डा खोजेको आरोप लागेपछि जबराको चौतर्फी आलोचना भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077